प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते

सोमबार बसेको प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्षका लागि बजेट पारित गरेको छ भने दुई आर्थिक विधेयक स्वीकृत भएको छ । एमालेको विरोधकाबीच विनियोजन विधेयक पारित भएपछि सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।सभामुखले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि सांसद प्रेम सुवाललाई ३ मिनेट समय दिएका थिए । सुवालले चुरोट खैनी सूर्तिमाथि प्रतिबन्ध लगाउन माग गरेका थिए । भक्तपुरको साना औद्योगिक क्षेत्रले सो क्षेत्रमा स्थानीयवासील