काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेको हो । यही असार १७ गते बैंकको सञ्चालकबाट सजन शर्मा बाहिरिएका थिए । समितिको ४५५औँ बैठकले शर्माको राजीनामा स्वीकृत गरेको थियो ।