पूर्वाधार योजनामा क्षेत्राधिकारको विवाद

सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन बिहीबार आदेश जारी गरेपछि पूर्वाधार आयोजना निर्माणमा एकपटक फेरि विवाद निम्तिएको छ । यसै साता संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वि.सं. २०८१ भित्रै निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको लगानी मोडालिटी तथा लागतको विषय टुंगो लगाउने तथा निर्माण सुरु गर्ने उल्लेख थियो […]