काठमाडौं : एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी क्लब आज भारत जाँदैछ।उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मीको २७ सदस्यीय टोली बिहान ११ बजे गोवा जाने भएको हो। आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ मा इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरुसँग खेल्नेछ। सुनिल क्षेत्रीको कप्तानीमा रहेको बेंगलुरुले यसअघि नै एएफसी कप खेलिसकेको अनुभव छ। आर्मी र बेंगलुरुबीचको खेल गोवास्थित जीएमसी एथ्लेटिक स्टेडियम बाम्बोलिममा हुनेछ। उक्त खेलको विजेताले तेस्रो चरणको खेल बं