बर्दिया – यही असाेज १० गते विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) बर्दियाको ठाकुरबाबा नगरपालिकामा मनाइने भएको छ ।
आज बिहीवारकाे बैठकले पर्यटन विकास परिषद् प्रवर्धक तथा ठाकुरबाबा नगर मूल समारोह समितिकाे आयाेजनामा असोज १० गते पर्यटकीय क्षेत्र ठाकुरबाबामा विश्व पर्यटन दिवस मनाउने निर्णय गरेकाे नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो । विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीसहितकाे सहभागितामा बर्दियाका प्रमुख पर्यटकीय गतिविधिका बारेमा जानकारी दिँदै दिवस मनाइने ठाकुरबाबाका ...