न्यायाधीशले नलेखेको आदेश पत्रकार आफैले लेख्दा रहेछन्, नियुक्ति खारेजको समाचारले तपाईँ पनि झुक्किनु त भएन?

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदियो। त्योसँगै तपाईँले 'पुस ५ गतेपछिका सबै नियुक्ति खारेज गर्न सर्वोच्चले आदेश दिएको' भन्ने समाचार पनि कतै पढ्नुभएको थियो? पढ्नुभएको थियो भने त्यसलाई पत्याउनु भएको पनि होला। न्युज हेरेरै त होला नि थुप्रैले फेसबुक र