इंग्ल्याण्डविरुद्धको टी– ट्वान्टी क्रिकेट सिरिज भारतलाई

एजेन्सी । भारतले इंग्ल्याण्डविरुद्धको पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ । अहमदाबादमा शनिबार राती भएको पाँचौ टी-ट्वान्टीमा ३६ रनको जित हात पार्दै भारतले ३-२ ले सिरिज जितेको हो ।