काठमाडौं । यो साता बजारले उकालो यात्रा तय गरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ४९ दशमलव २८ विन्दुमा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिन २ हजार ८८ दशमलव ९९ विन्दुमा पुगेर बन्द भएको हो । सातामा १ दशमलव ९४ प्रतिशत अर्थात ३९ दशमलव ७१ अंकले बजार उकालो लागेको हो ।
यो साता पाँच कारोबार दिनमा तीन दिन बजार बढेको छ भने दुई दिन घटेको छ । पहिलो कारोबार दिन २६ दशमलव ३६ अंक घटेको बजार दोस्रो दिन ३६ दशमलव ५७ अंक, तेस्रो दिन २० दशमलव ६२ अंक, चौथो दिन ९ दशमलव ५० अंक र पाँचौं दिन शून्य दशमलव ६२ अंक घटेको हो । निरन्तर तीन दिन बढेको बजार अन्तिम दिन भने नाफा बुक गर्नेबाट प्रभावित बनेको देखिन्छ ।
केही समयदेखि गति लिन खोजेको बजारले यतिबेला भने ब्याजदर घट्ने संकेत पाएको छ । लगानीयोग्य पूँजी वित्तीय प्रणालीमा पर्याप्त भएको अवस्थामा ब्याजदर घट्ने भएसँगै लगानीकर्ता उत्साहित बनेका छन् । बजारले थप गति लिन अल्पकालीन लगानीकर्ताको हाबी कम हुनुपर्ने बुझाई ब्रोकरहरूको छ ।
यो साता कारोबार रकम पनि अघिल्लो साताभन्दा ७ अर्ब ३१ करोड ८९ लाख रुपैयाँले बढेको छ । गत साता १८ अर्ब १५ करोड ८६ लाख रुपैयाँभन्दा बढीको ४ करोड ९६ लाख ३० हजार कित्ता धितोपत्र कारोबार भएकोमा यो साता २५ अर्ब ४७ करोड ७५ लाख रुपैयाँभन्दा बढीको ८ करोड २५ लाख ३७ हजार कित्ता धितोपत्र कारोबार भएको हो । यो साता कारोबार कित्ता पनि ३ करोड २८ लाख ७ हजारले बढेको हो ।
औसतमा कारोबार रकम ५५ करोड ५८ लाख रुपैयाँले बढेको छ भने कारोबार कित्ता ४० लाख ९९ हजारले बढी भएको छ । बढेको बजारमा कुल पूँजीकरण पनि ९७ अर्ब ६५ करोड रुपैयाँ बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ८३ अर्ब ४१ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३२ खर्ब ८१ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
अन्य समूहसँगै १० समूहगत परिसूचक बढे
समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक बढेको यो साता समूहगत परिसूचकहरू भने १० ओटा मात्र बढेका छन् । गत साताको तुलनामा यो साता निर्जीवन बीमा समूहको शून्य दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४६ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५८ प्रतिशत परिसूचक घटेको छ ।
यो साता अन्य समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव शून्य ९ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंकको ४ दशमलव ८५ प्रतिशत, जलविद्युतको ४ दशमलव ५० प्रतिशत, वित्तको ३ दशमलव ७९ प्रतिशत, लघुवित्तको ३ दशमलव ७४ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव ११ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८४ प्रतिशत, बैंकिङको शून्य दशमलव ४५ प्रतिशत, लगानीको शून्य दशमलव ३५ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव १७ प्रतिशत परिसूचक बढेको छ ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
काठमाडौँ – असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो । ‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराको साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय […]
चैत १२, काठमाडौं । यो साता नेप्से परिसूचक गत साताको तुलनामा १७ दशमलव ५८ अंकले घटेको छ ।
गत साताको अन्तिम कारोबार दिन २ हजार ६३१ दशमलव २५ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६१३ दशमलव ६७ विन्दुमा बन्द भएको हो ।
बजार घटेसँगै कम्पनीहरुको शेयरमूल्यमा कमि आउँदा कुल बजारपूँजीकरण पनि गत साताको तुलनामा रू. २४ अर्ब ९२ करोड ३१ लाखले घटेको छ । गत साता रू. ३७ खर्ब ३० अर्ब ५२ करोड १९ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३७ खर्ब ५ अर्ब ५९ करोड ८८ लाखमा झरेको हो ।
नेप्से परिसूचकसँगै यो साता ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ४५ अंकले घटेको छ । गत साता ४९७ दशमलव ३९ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४८८ दशमलव ९४ विन्दुमा झरेको हो ।
गत साता चार दिनमात्र बजार खुला भएको थियो भने यो साता पाँच दिननै कारोबार भएको छ । पाँच दिनको कारोबारमा यो साता तीन दिन बजार घटेको छ भने दुई दिन बजार बढेको छ । साताको पहिलो कारोबार दिन १४ दशमलव ६७ अंकले घटेको बजार दोस्रो दिन १८ दशमलव शून्य ७ अंकले बढेको थियो । तेस्रो दिन १६ दशमलव शून्य ४ अंकले बढेको बजार चौथो दिन २० दशमलव ३४ अंक र पाँचौ दिन १६ दशमलव ६९ अंकले घटेको हो ।
नेप्से परिसूचक घटेपनि यो साता कारोबार रकम र कित्ता भने गत साताको तुलनामा बढेको छ । गत साता रू. १२ अर्ब १४ करोड ७५ लाख ७८ हजार बराबरको २ करोड २८ लाख ६८ हजार ३९७ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. १२ अर्ब ६८ करोड १५ लाख ३४ हजार बराबरको २ करोड ४० लाख ९० हजार ७६२ कित्ता शेयर कारोबार भएको हो । गत साताको भन्दा एक दिन बढी कारोबार भएकाले पनि यो साता रू. ५३ करोड ३९ लाखभन्दा बढीको १२ लाख २२ हजार ३६५ कित्ता बढी शेयर कारोबार भएको हो ।
यो साता जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाए
यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ५८ अंकले घटेपनि जीवन बीमा समूहका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा यो साता जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३८ प्रतिशत बढेको हो ।
यो साता जीवन बीमा समूहसँगै निर्जीवन बीमा समूहको शून्य दशमलव ८६ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८३ प्रतिशत, लघुवित्तको शून्य दशमलव २६ प्रतिशत र लगानीको शून्य दशमलव ३९ प्रतिशत परिसूचक बढेको छ ।
यो साता अन्य समूहको परिसूचक भने सर्वाधिक ४ दशमलव ५९ प्रतिशतट घटेको छ । अन्य समूहसँगै यो साता होटल्स तथा पर्यटन समूहको ३ दशमलव ७१ प्रतिशत, वित्त समूहको २ दशमलव ५२ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३० प्रतिशत, व्यापारिक समूहको १ दशमलव ३७ प्रतिशतले घटेको छ ।
त्यस्तै बैंकिङ समूहको १ दशमलव शून्य २ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ३५ प्रतिशत र विकास बैंक समूहको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक घटेको छ । केहि समयदेखि बीमा समूह अन्तर्गतका कम्पनीहरुको शेयरमूल्य सकारात्मक प्रभाव परिरहेको थियो ।
बिहीवार बीमा समितिले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको छ । जीवन बीमा कम्पनीहरुका लागि रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुका लागि रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने व्यवस्था समितिले गरेको हो ।
यसअघिको व्यवस्थामा जीवन बीमा कम्पनीहरुको रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको रू. १ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने व्यवस्था थियो । यो व्यवस्थाले बीमा कम्पनीहरुले पूँजी वृद्धिका लागि बोनस शेयर र हकप्रद शेयरको सहारा लिने अवस्था देखिन्छ ।
साताको बजारका सूचकहरुको अवस्था :
साता व्यापी समूहगत परिसूचकमा भएको थपघट :
स्रोत : नेपाल स्टक एक्सचेञ्ज(नेप्से)
तनहुँ, असार १३ । असारको दोस्रो साता सुरु हुदाँ तनहुँमा ३५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पानी परेपछि जिल्लाका विभिन्न फाँटहरुमा कृषकले धमाधम रोपाइँ गर्न सुरु गरेका छन् । असार लाग्नासाथ वर्षा भएपछि यसबर्ष गत वर्षभन्दा छिटो रोपाइँ सुरु गरिएको कृषी ज्ञान केन्द्र तनहुँले जनाएको छ । गतवर्ष असारको सुरुमा पानी कम परेको […]
२६ वैशाख, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा थप एक साता लकडाउन बढाउने निर्णय गरेका छन् । उनले यसपटकको लकडाउन थप कडा हुने बताएका छन् । लकडाउनभन्दा पहिला कोरोनाको संक्रमण दर ३५ प्रतिशत …