एकलैनी बजारमा “साउने व्यापार”

राँझा, १ साउन । चुरापोतेलगायत सौन्दर्यका सामग्री किनमेल हुँदै आएको नेपालगञ्जको एकलैनी बजारमा साउन महिना सुरु भएसँगै व्यापारिक माहोल बढेको छ । चुरापोते र मेहन्दीको किनमेल गर्ने महिलाको भीड बढ्दै आएको छ । बिहानदेखि साँझसम्म यहाँका प्रत्येक पसलमा किनमेल गर्ने महिलाको भीड लाग्ने गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ फुल्टेक्रा निवासी सिर्जना थापाले आफूलाई आवश्यक पर्ने […]