नेपालमा कुल जनसङ्ख्याको झन्डै ५५ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
यसैगरी लक्षित जनसङ्ख्याको ८३.७ एक मात्रा र ७१.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार, कुल जनसङ्ख्याको ५४.९ र एक मात्रा ४६.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
यसैगरी, हालसम्म तीन करोड १२ लाख ४३ हजार ५०३ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।
पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।