चीनबाट फर्केका माओवादी नेता पुनले भेटे प्रचण्डलाई

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आज बिहान पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका छन्। स्वास्थ्य उपचार गरेर चार महिनापछि चीनबाट सोमबार बेलुकी काठमाडौं आइपुगेका पुन प्रचण्डलाई भेट्न आज बिहान खुमलटारस्थित निवासमा पुगेका थिए।

सम्बन्धित सामग्री

संसदीय गतिविधिमा सक्रिय हुँदै माओवादी नेता पुन, समिति बैठकमा सहभागी

काठमाडौं । चार महिना उपचारपछि चीनबाट फर्किएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य वर्षमान पुन संसदीय गतिविधिमा सक्रिय हुन थालेका छन् । उनी मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उपस्थित भए । पुन बैठकमै औषधि सेवन गरिरहेका थिए । उनले आफ्नो स्वाथ्यलाभको कामना गर्नेलाई पनि धन्यवाद दिए । पुनले भने, ‘म ४ महिनाको […]

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा सापकोटा

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्। सापकोटा माओवादी नेता अग्नी सापकोटाको छोरा हुन्। चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका सापकोटालाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली र प्रशासन तथा जनसम्पर्क सल्लाहकारमा रामदीप आचार्य नियुक्त भएको प्रधानमन्त्रीको सचिवालयले […]

वर्षमानको सकृयता वढ्यो, प्रचण्ड प्रति जनार्दनको आशंका

लामो समय विदेशमा उपचार गराएर स्वदेश फर्केका माओवादी नेता वर्षमान पुनले आफनो सकृयता वढाएका छन् । चीनबाट फर्के लगत्तै उनले आफुलाई पार्टीको महासचिवको दावेदार घोषणा गरेका छन् भने त्यसै उनसार आफना ...

प्रचण्ड भेट्न खुमलटार पुगे वर्षमान

काठमाडौं : माओवादी नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमालटार पुगेका छन्। पुन स्वास्थ्य उपचारपछि हिजोमात्र चीनबाट फर्केका हुन्। भेटमा प्रचण्डले स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ। वर्षमानसँगै उनकी पत्नी ओनसरी घर्ती पनि खुमलटार पुगेकी थिइन्। भेटमा थप कुराकानी के भयो? यसबारे खुलाइएको छैन। माओवादी केन्द्रमा वर्षमान…

चीनबाट फर्केपछि वर्षमानले भने– महासचिवमा मैले दाबी गरेकै हो

माओवादी नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी रहेको बताएका छन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । तथापि सहमतिमै नेतृत्व छानिने उनले आशा व्यक्त गरे ।यस्तै नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफुले स्वीकार गर्ने बताए । नेता पुनले भने, ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त