विश्व शान्ति र राष्ट्र कल्याणको सङ्कल्पले वैशाख २३ गतेदेखि पशुपति क्षेत्रको मृगस्थलीमा भएको गोरक्ष महायज्ञ २०७९ पूर्णाहुतिसहित समापन गरिएको छ । महायज्ञको पूर्णाहुतिमा स्वामी श्रीशनाथलगायत सन्त, महन्तको सहभागिता रहेको थियो । पशुपति क्षेत्रमा आयोजना गरिएको ११ दिने कार्यक्रम वैदिक तथा तान्त्रिक विधिले सञ्चालन भएको थियो । एक हजार ७७३ वर्षअघि राजा नरेन्द्रदेवको पालामा मृगस्थलीमै यो …