तनहुँ कारागारमा दुई कैदी समूहबीच झडप, ६ घाइते

तनहुँ – कारागारका नाइके विवादको विषयलाई लिएर आइतबार तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप हुँदा ६ कैदी घाइते भएका छन । झडपका क्रममा कुलबहादुर तामाङ, अनुप थापा, माधव कँडेल, धनबहादुर शाही, दीपक दर्जी र ज्ञानबहादुर विक घाइते भएका हुन् ।  घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ । केही महिनाअघि काठमाण्डौबाट सरुवा भएर आएका कैदीहरूको समूहले कैदी नाइके बन्नका लागि आफूहरूमाथि आक्रमण गरेको एक घाइतेले बताए । घाइतेहरूको दमौली अस्पतालमा उपचारपछि कारागार फर्काइएको छ ...