ठेकेदार कम्पनीले बीचमै काम छोडी हिँडेका कारण मैलुङ– स्याफ्रु खण्डको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं सुधारको काम अलपत्र परेको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर भूभागको स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रसमेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धीशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माणमा बाधा पुगेको हो । एक अर्ब ४५ करोडको लागतमा लागत इष्टिमेटअनुसार कार्य सम्पन्न गर्ने गराउने सम्झौत