काठमाडौं, ५ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेका छन् । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तापक्षीय गठबन्धनको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्न लागेको भन्दै प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग सहमति मागेका थिए । बैठकमा सहभागी सबै नेताले खड्काको नाममा सहमति जनाएका थिए । योसँगै डा. खड्काले […]