एमसीसीको विरोधमा पोखराका नागरिक अभियन्ताद्वारा धर्ना

पोखराका नागरिक अभियन्ताले प्रस्तावित अमेरिकी सहयोग एमसीसीको विरोध जनाउँदै धर्ना दिएका छन् ।  उनीहरूले जिल्ला प्रशासन कार्यालय गेटअघि सोमवार १ घण्टासम्म धर्ना दिएका हुन् । उनीहरूले एमसीसी खारेजको माग अंकित प्लेकार्डसमेत बोकेका थिए ।  नागरिक अभियन्ता वरिष्ठ अधिवक्ता तिलक पराजुलीले सहयोगको घुम्टो ओढेर आएको यो एमसीसी गलपासो हो भन्दै अफगानिस्तानमा पराजित अमेरिका यसको प्रयोगमा नेपाललाई नयाँ रणक्षेत्र बनाउन उद्दत रहेको दाबी गरे ।  नेपालमा अमेरिकाको कानून र शासन लागू हुने यो खतरनाक एमसीसी परियोजना ने...