नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी संसदबाट पारित भए नेपाल खरानी हुने बताएका छन् । सोमबार काठमाडौमा एमसिसीविरुद्ध भएको विरोध सभालाई सम्बोधन गर्दै नेता गजुरेलले अमेरिकाले नेपाललाई अखडा बनाएर चीनसँग लड्न चाहेको र त्यसो भए नेपाल खरानी बन्ने बताएका हुन् ।‘अमेरिकालाई चीनविरुद्ध लड्न नेपालजस्तो सहज ठाउँ अरु छैन । चीनलाई घेर्न र लड्न अमेरिका यहाँ आउन चाहन्छ’ गजुरेलले भने, ‘एमसीसी संसदबाट पारित भएपछि अमेरिकाले ल्याएको कुनैपनि समान चेक गर्न पाइँदैन, एमसी