मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण हुँदा सरकार मुकदर्शक : विष्णु पौडेल

२३ असोज, बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधारणसभा तथा २२ औं अधिवेशनको उद्घाटन गर्दै उनले आफूले शिलान्यास गरेको औद्योगिक क्षेत्र स्थापनाको काम असफल पार्न खोजिएको आशंका व्यक्त गरे । मोतीपुर औद्योगिक क्षेत्रमा […]

सम्बन्धित सामग्री

गौरवका आयोजना : समयमा हुन्न निर्माण, काम नसकिँदै गरिन्छ उद्घाटन

पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र तत्कालीन उद्योग वाणिज्यमन्त्री लेखराज भट्टले शिलान्यास गरेको मोतीपुर औद्योगिक क्षेत्र अहिलेसम्म विवादमै छ । यसबीचमा पौडेल पुनः अर्थमन्त्री भएर सरकारबाट बाहिरिइसकेका छन् । तर, अहिले यो परियोजनाकाे शिलान्यास भएको स्थान नै भेटिँदैन ।

विकासका नाममा स्थानीयको उठिबास हुँदैन : विष्णु पौडेल

रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले विकासको नाममा कसैको उठिबास नहुने दाबी गरेका छन् । मोतीपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोरलगायत विकास योजना अगाडि बढ्दा त्यस क्षेत्रका नागरिकले घरबास जाने चिन्ता गरिरहेका बेला उनले कुनै पनि नागरिकको घरबार खोसेर विकास योजना अगाडि नबढाउने बताए ।

रूपन्देहीका तीनै सुरक्षा अधिकारीको सरुवा

सुरक्षा व्यवस्थापन गर्न नसकेको भन्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी र दुई प्रहरी प्रमुखको सोमबार एकैसाथ सरुवा भएको छ । मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासका क्रममा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको सुरक्षा व्यवस्थापनमा कमजोरी गरेको भन्दै गृह मन्त्रालयले तीनै जनाको सरुवा गरेको स्रोतको दाबी छ । प्रजिअ पीताम्बर घिमिरे, प्रहरी प्रमुख एसपी प्रवीण पोखरेल र सशस्त्र प्रहरी प्रमुख एसपी भरत खनियाको सरुवा भएको हो ।