काठमाडौं : चुनावी रन्कोले यतिबेला तनहुँ १ तातेको छ। नेपाली कांग्रेस परित्याग गरेर स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेपछि कांग्रेस यस क्षेत्रमा थप आक्रामक बनेको हो।
अर्थशास्त्रीका रुपमा नाम कमाएका स्वर्णिम स्थानीय निर्वाचन र मध्यावधि निर्वाचनमा कांग्रेसको घोषणापत्रको ‘आर्किटेक्ट’का रुपमा प्रचार गरिएको थियो। जसलाई कांग्रेसले ब्रान्डिङ गर्यो, उही व्यक्ति…