व्यास नगरपालिकाद्वारा ४ कार्यविधि पारित

तनहुँको व्यास नगरपालिकाले आवश्यक देखिएका ४ वटा कार्यविधि पारित गरेको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा नगर कार्यपालिकाको नियमित बैठकले ४ कार्यविधि पारित गरेको कार्यालयका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । व्यास नगर समता आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका कोभिड व्यवस्थापन अस्पताल सञ्चालन कार्यविधि २०७८, व्यास नगरपालिका एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०७८ र व्यास नगर कृषि उपकरण व्यवस्थापनसम्बन्धी कार्यविधि २०७८ पारित गरेको हो ।  व्यास नगरपालिकाअन्तर्गत अत्यावश्यक ४ विष...