नेपाली राजनीतिक आन्दोलनको यो नयाँ दिन हो। यो तीन बुँदे सहमति पत्र तयार र सफल बनाउन महत्त्वपूर्ण भूमिका खल्ने वार्ता टोलीका सदस्यलगायत सबैलाई धन्यवाद दिन चाहन्छु। यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र होइन, यो केही नेताको कुरा होइन। यो सहमतिको पछाडि भित्र लुकेको महान् आकांक्षा छ। नेपाल देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपना यो भित्र छ। यो भित्र देशमा स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको आवाज छ।
नेपालका युवाभित्र हुर्किएको समृद्ध जीवनको चाहना यो भित्र छ। यसलाई पूरा ग...