सुक्खा बन्दरगाहमा थन्किए ४० करोडका नयाँ गाडी, किन लैजान खाेज्दैनन् व्यापारी ?

आयातकर्ता (व्यापारी) ले जाँचपास गराएर नलैजाँदा सिर्सिया सुक्खा बन्दरगाहको यार्डमा आयातित पाँच दर्जन बढी महँगा सवारी साधन थन्किएका छन् । ती सवारीसाधनको मूल्य करिब ४० करोड रुपैयाँ बराबर रहेको छ । बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले बन्दरगाहको यार्डमा तेस्रो मुलुकबाट आयातित ६५ वटा महँगा कार रहेको बताए ।