नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा अधिकतम २५.६६ प्रतिशतले वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमाससम्ममा कुल ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको सोही समयमा बैंकले कुल ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा यस वर्ष बैंकले २५.६६ प्रतिशतले आफ्नो नाफा वृद्धि गरेको हो । यसअवधिमा बैंकले आफ्नो खुद ब्याज आम्दानी ४४.६१ प्रतिशतले वृद्धि गर्दै कुल ८२ करोड ३५ लाख ५६ हजार रुपैया