काँग्रेस अधिवेशन : महोत्तरीमा अझै मिलेन कुरा, सर्लाहीमा चुनाव हुँदै

नेपाली काँग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ तर प्रदेश २ का विभिन्न जिल्लामा अझै क्षेत्रीय अधिवेशन हुन सकेको छैन । काँग्रेसको विधानअनुसार क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुन्छ ।महोत्तरीको क्षेत्र नम्बर ३ मा रामचन्द्र पौडेल पक्षले धाँधली गरी अधिवेशन गराएको भन्दै केन्द्रले त्यसलाई रद्द गरेको थियो । त्यहाँ पुनः अधिवेशन हुने भएको छ । बुधबार महोत्तरीमा उत्पन्न विवाद मिलाउन नेताहरु छलफल गरिरहेका छन् ।‘अझै कुरा मिलेको छैन,’ जिल्ला सभापति मह