नेदरल्याण्ड्सलाई २–० ले हराउँदै चेक रिपब्लिक युरो कप फुटबलको क्वार्टर फाइनलमा

काठमाण्डाै - चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । हङ्गेरीमा गएराति भएको खेलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्याण्ड्सलाई २–० गोलले पराजित गरेको हो  । चेक रिपब्लिकका टोमस होल्स र प्याट्रिक सिकले एक/एक गोल गरे । खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्याण्डस् १० खेलाडीमा समेटिएको थियो । चेक रिपब्लिकका टोमसले खेलको ६८ औं मिनेटमा र सिकले ८० औं मिनेटमा गोल गरे । क्वार्टर फाइनलमा चेक रिपब्लिकले डेनमार्कसँग खेल्नेछ । डेनमार्क व...