म्याग्दीमा टिमुर टिप्न जर्मन प्रविधि भित्रियो

म्याग्दी, १५ मंसिर । म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने खतरा बढेको थियो । बेनी नगरपालिका–९ को भूमेसिद्ध टिमुर सञ्जालमा आवद्ध किसानलाई बुधबार टिमुर […]

सम्बन्धित सामग्री

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म

म्याग्दीमा उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै...

म्याग्दीको टिमुर तारे होटलदेखि विदेशसम्म

म्याग्दीमा उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुन थालेको हो । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । टिमुर व्यवसाय गर्दै...

विदेश निर्यात हुन थाल्यो म्याग्दीको टिमुर

म्याग्दी : जिल्लामा उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित रहेन। औषधीय गुणयुक्त मसला टिमुर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेको छ। यससँगै कृषकले राम्रो मूल्य पाउन थालेका छन्।खोल्सा, भिरालो जमिन र खाद्यान्न बाली उत्पादन नहुने ठाउँमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको बलियो माध्यम बनेको छ। खेतबारीमा गाईबस्तुबाटबाली जोगाउन बारको रूपमा लगाइने टिमुरको माग बढेपछि व्यावसायिक खेती विस्तार भइरहेको छ। म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नग

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर, २३ मङ्सिर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर […]

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

गलेश्वर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी […]

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

२३ मंसिर, गलेश्वर । खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर […]

बेल्जियम र कोरिया निर्यात हुन थालेपछि टिमुर किसान उत्साहित

खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर आजभोलि विदेश निर्यात हुन थालेपछि म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन् । म्याग्दीमा सबैभन्दा धेरै टिमुर …

प्रवासी म्याग्देलीका लगानीको घोषणा अधुरै

कात्तिक १३, म्याग्दी । म्याग्दीको विपद्को सारथीको रुपमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थापनाकालदेखि नै घोषणा गर्दै आएको उत्पादनमुलक क्षेत्रमा लगानी भित्र्याउने घोषणा अधुरै छ ।  मोनामा नै आबद्ध भएका व्यक्तिहरुको लगानीमा अघि बढाइएका जलविद्युत् आयोजनाहरु थलिनुले मोनाको उत्पादनमुलक क्षेत्रमा गर्ने भनिएको सामूहिक लगानीमाथि प्रश्न उब्जाएको हो । प्रवासी म्याग्देलीहरुको लगानीमा अघि बढाइएका मालिका गाउँपालिका–६ मा निर्माणधिन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला र रघुगंगा गाउँपालिका–७ चिमखोलामा निर्माण गरिने भनिएको ५ मेगावाट क्षमताको मोना बगरखोला जलविद्युत् आयोजनाले गति लिन सकेका छैनन् । हरेक अधिवेशनमा प्रवासी पूँजी, शिप र ज्ञानलाई जिल्लाको उत्पादनमुलक क्षेत्रमा लगानीको रुपमा भित्र्याउने घोषणा हुँदै आएको छ । महाधिवेशनमा विमोचन गरिएको ‘मोना स्मारिका’मा मोनाका संस्थापक महासचिब शिवकुमार बरुवालले स्थापनाकालमा लिएका लक्ष्य र उद्देश्यहरुको समीक्षा गर्दै घोषित उद्देश्यहरुको कार्यान्वयनमा जुट्नुपर्नेमा जोड दिएका छन् ।  ‘मोनाले परोपकारी क्षेत्रमा यथेष्ट रचनात्मक कार्य गर्न सफल भएको छ, तर यसैमा मात्रै अल्झिएर बस्न हुँदैन’ बरुवालले भने । सुरुवातदेखि नै घोषणा गरेको उत्पादनमुलक क्षेत्रमा सामुहिक लगानीको घोषणालाई मोनाको नयाँ अध्यायको रुपमा अघि बढाउन माग छ । म्याग्दी प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला भएकाले जल, जमिन, जंगल, जडिबुटी र जनशक्तिको अधिकतम उपयोग गर्ने गरी पूँजी र प्रविधिलाई लगानीको रुपमा भित्र्याउनु पर्ने बरुवालको धारणा छ । मोनाले सन् २०१६ मा तत्कालिन जिल्ला विकास समितिसंगको सहकार्यमा अघि सारेको फ्री वाइफाइ जिल्ला बनाउने महत्वकांक्षी योजनालाई घोषणामा मात्रै सीमित बनाएको छ । तत्कालिन समयमा विभिन्न देशमा रहेका प्रवासी म्याग्देलीहरु मार्फत संकलन गरिएको लाखौँ रकम समेत उपयोगविहिन बनेको प्रवासी म्याग्देलीहरुले नै गुनासो गर्दै आएका छन् । त्यसैगरी सन् २०१७ मा दरबाङमा सम्पन्न भएको मोनाको दोस्रो महाधिवेशनमा महिलाहरुको हक, अधिकार सुरक्षित र आत्मनिर्भर गराउने योजना सहित रू. १ करोडको अक्षयकोष बनाउने घोषणा गरिएको र लाखौँ बोल रकम संकलन भएको घोषणा गरिएको भएपनि उक्त अक्षयकोष अहिलेसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।  ‘हालसम्म ९० लाख बोलकबोल भएको छ, तर त्यसको आधा रकम पनि जम्मा हुन सकेको छैन, कोषलाई कसरी परिचालन गर्ने अझै अन्यौल छ’ मोनाका वर्तमान कार्यसमितिका एक पदाधिकारीले बताए । परोपकारी र मानवीय सेवासँगै अब प्रवासमा आर्जित ज्ञान, शिप र पूँजीलाई जिल्लामा भित्र्याउने, उत्पादनमुलक र रोजगार सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने मोनाको प्राथमिकता हो, प्रवासी जिल्लाबासीबाट सामुहिक लगानी भित्र्याउन मोना इन्भेस्टमेन्ट कम्पनीलाई अघि बढाउने तयारी रहेको निर्वाचित अध्यक्ष अमर छन्त्यालले बताए । उनले म्याग्दीमा उत्पादन हुने सिमि, चामल, टिमुर, च्याउ, गुन्द्रुक लगायतका कृषि उपजहरुलाई ब्राण्डिङ गरेर अन्तरराष्ट्रिय बजारसम्म पु¥याउन सकिने समेत बताए । एक दशक पार गर्दा मोनाले म्याग्दीमा दैवि प्रकोप पीडितलाई राहत तथा सहयोग, आर्थिक अभाबको सामना गरिरहेका गरीब विपन्न परिवारका बिरामीहरुको उपचारमा आर्थिक सहयोग जुटाउने कार्यमा प्रसंशा बटुलेको छ । प्रवासमै समस्यामा परेका जिल्लाबासीको उद्धार, तथा रोजगारको बन्दोबस्त मिलाउने काम समेत मोनाले गरेको छ । एक दशकको अवधिमा मोना मार्फत विश्वका विभिन्न २८ ओटा मुलुकमा रहेका म्याग्देलीहरुलाई गोलबद्ध गर्न सफल भएको मोना अन्तरराष्ट्रियका निर्वतमान अध्यक्ष ओमनारायण जुग्जालीले जानकारी दिए । प्रवासमा रहेका म्याग्देलीहरुको साझा चौतारीको रुपमा रहेको मोना सन २००७ देखि स्थापित भएको थियो ।