नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रस्ताव गरेका छन् ।
पौडेललाई प्रधानमन्त्री बन्न आग्रह गर्दै सभापतिमा आफूलाई मद्दत गर्न कोइरालाले आग्रह गरेका हुन् ।
बोहोराटारस्थित पौडेलको निवासमा सोमवार बिहान नेताद्वयबीच भेटवार्ता भएको थियो । १४औं महाधिवेशनमा सभापतिमा उठ्ने भन्दै लामो तयारी गरेका शेखरले देउवा इतरबाट आफूलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् ।
‘तपाईंको लामो अनुभवलाई प्रधानमन्त्री बनेर कार्यान्वयन ...