माघ २५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार ८ हजार ५८७ पीसीआर परीक्षणमा १ हजार १८४ जना र ४ हजार १०५ एन्टिजेन परीक्षणमा ७७३ जना गरी कुल १ हजार ९५७ जनामा भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, सोही अवधिमा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।
यसैगरी, मंगलवार ५ हजार १०३ जना निको भएसँगै हालसम्म ९ लाख २० हजार ५९२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।