प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको थिंक ट्यांकका रूपमा रहेको नीति तथा अध्ययन प्रतिष्ठानले अर्थतन्त्रको वर्तमान अवस्थाबारे समीक्षा गरेको छ । प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा ‘नेपालका विद्यमान आर्थिक चुनौतीको तुलनात्मक समीक्षा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र संकटको बाटोमा गइरहेकामा पछिल्लो समय केही सुधारका संकेत देखिएको बताए । अर्थतन्त्र सुधारमा केही आशाका पक्ष देखिए पनि त्यसका लागि सरकार सुध्रिन आवश्यक रहेको उनको भनाइ छ ।