खालिदको अर्थ हो स्थायी । तर, अफगानिस्तानका अर्थमन्त्री रहेका खालिद पाएन्दाको जीवनमा केही स्थायी जस्तो छैन । गत वर्षको अगस्टसम्म जो व्यक्ति मुलुकको ६ अर्ब डलरको कोष व्यवस्थापन गर्थे । आज उनी अमेरिकामा पेट भर्नका लागि ट्याक्सी ड्राइभर बनेका छन् । हाल अफगाानिस्तान तालिबानको कब्जामा छ । अमेरिकी सेना अफगानिस्तान छोडेर गइसकेको छ । राष्ट्रपति असरफ गनी र उनको मन्त्री आवामलाई सहयोगबिनाको अवस्थामा छोडेर विदेश गएका छन् । खालिद पनि उनीहरु मध्येका एक हुन् । उनको अवस्था गनीको जस्तो छैन । उनी अमेरिकाको वासिङटन