वीर अस्पतालमा पैसा लिएर भारतीय व्यापारीलाई चिनियाँ खोप लगाइँदै

काठमाडौँ। कोरोना विरुद्ध भ्याक्सिन लगाउँदा वीर अस्पताल खोप केन्द्रमा अनियमितता हुने गरेको पाइएको छ । भ्याक्सिनेटर अहेवहरुले उमेर समूह नमिल्ने र आफूनिकटलाई फोन गरी बोलाएर कलेज, भारतीय व्यापारी तथा फाइनान्सका कर्मचारीलाई कोभोसिल्ड दोस्रो खोप पहिलो डोज भन्दै सयौँको सङ्ख्यामा दिएको आरोप स्वयं अस्पतालका कर्मचारीहरूले लगाएका छन्।

सम्बन्धित सामग्री

परीक्षा दिने विद्यार्थी र ४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालेको छ।  आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन थालिएको हो । यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ । खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ ।

४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको  भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ ।आजबाट लगाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेश पत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो । यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्

काठमाडौंमा आज र भोलि चिनियाँ खोप लगाइँदै

काठमाडौं, जेठ ३१ । काठमाडौं महानगरपालिकाले आज र भोलि भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य […]

ललितपुरमा २५ र २६ गते चिनियाँ खोप लगाइँदै, केन्द्र पुरानै

२४ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाले २५ र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको हो । महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको […]