चीन हावी भएको श्रीलंकामा भारतको कमब्याक ?

श्रीलंकामा सन् २०२२ को सुरुदेखि नै सरकार विरोधी प्रदर्शनहरू भइरहेका थिए । यो प्रदर्शन जुलाईयता थप उग्र बन्दा शक्तिशाली राष्ट्रपति गोटाबाया राजापाक्षले देश नै छाडेर भाग्नुपर्ने अवस्था आइलाग्यो । उनले सिंगापुर पुगेर राष्ट्रपति पदबाट पनि राजीनामा दिए ।श्रीलंकामा गोटाबाया राजापाक्ष र उनको परिवारको विरुद्ध प्रदर्शन भइरहँदा केही अवस्थामा भारत विरोधी नाराहरू पनि सुनिएका थिए ।धेरै सुनिएका भारत विरोधी नारा यस्ता थिए –‘भारत र अमेरिकालाई श्रीलंका नबेचौं’‘श्रीलंका, भारतको प्रदेश होयन