इतिहास झल्काउने राहदानी संग्रहालयमा हातले लेखेकादेखि एमआरपीसम्म

काठमाडौं :  नेपालबाट राहदानी जारी हुन थालेको लामो समयपछि सरकारले राहदानी संग्रहालय स्थापना गर्ने भएको छ। हालसम्म जारी भएका राहदानीको अभिलेख राख्न सरकारले राहदानी संग्रहालय स्थापना गर्न लागेको हो। राहदानी विभागले गएको ८ असारमा नीतिगत निर्णय गरी संग्रहालय स्थापना अघि बढाएको हो। तर, संग्रहालय सर्वसाधारणले तत्कालै भ्रमण गर्न सक्ने गरी तयार भइसकेको छैन।तीव्रताका साथ संग्रहालय निर्माण भइरहेको जानकारी विभागका महानिर्देशक डोरनाथ अर्यालले दिए। राहदानीसँग जोडिएका इतिहास संरक्