काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न शिर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले कागजको आपूर्ति हुन नसकेका कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका हुन्। उनले पाठ्यपुस्तक छाप्ने कागज अन्तर्राष्ट्रिय बजारबाट […]