प्रदेश १ मा माओवादीको असन्तुष्टि : तत्काल सरकारमा नजाने

विराटनगर : प्रदेश १ सरकारमा  सहभागी नहुने भएको छ। केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो।माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेशमा पार्टीको अपमान भएको बताए। उनले आलोपालोबारे लिखित सहमति नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताए। सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ। माओवादी केन्द्रले एमालेसँग आधा आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको छ। आइतबार साँझ सत्ता