४० हजार घुस रकम सहित सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख अख्तियार दुरुपयोग आयोगको नियन्त्रणमा परेका छन् ।
अख्तियारले निलकन्ठ सव डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत आठौँ तह (कार्यालय प्रमुख) कृष्ण प्रसाद पौडेललाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा’ अनुसन्धान गर्ने भनी कागजात तयार गरी वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४० हजार रुपैयाँ दिनुपर्छ भनी घुस/रिसवत माग गरेको पाइएको अख्तियारले जनाएको छ ।
अख्तिय...