नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकता र सरकार निर्माणबारे हुने भनिएको छलफलको टुंगो लाग्न सकेको छैन। बालुवाटारमा गत शुक्रबार चिया खाएर छुट्टिएका दुई नेताको भेटको अझै तारतम्य मिल्न नसकेको हो। शुक्रबार बिहान प्रधानमन्त्री निवासमा पाँच राष्ट्रिय पार्टीको बैठकपछि दुई नेताले निवास बाहिर आएर सँगै चिया…