काठमाडौं : मुसलधारे आएको पानीले एकदिन बलरामको घर बगायो। खेत बगायो। बारी बगायो। बाबु बगायो। आमाको सिन्दुर र पोते बगायो। खुशी बगायो। तर, दुख ? दुख भने छोडिदियो। सात वर्षको उमेरमा उनले आफ्नो उमेरले थेग्न सक्ने भन्दा ठूलो विपत्तिको सामना गर्नुपर्यो।यो घटना तेतीबेला घटेको हो जतिबेला बलरामका बाबु परदेशबाट फर्किएको केही दिन मात्र हुन्छ। घरमा छाएको खुशी पनि नसकिँदै उनको जीवनमा दुःखको पहाडले थिचेको हो।अब घरमा आमा र बहिनीलाई लालनपालन गर्ने जिम्मा उनकै हुन्छ। विद्यालय जाने उमेरमा उनी कुल्ली काम ग