प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। आजबाट राष्ट्रिय जनगणना सुरूवात भएको अवसरमा विहीबार बिहान भिडिओ सन्देशमार्फत प्रधानमन्त्री देउवाले सबैमा यस्तो अपिल गरेका हुन् । उनले भने ,‘देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणना २०७८ आजबाट सुरु हुँदैछ । जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकास मार्गचित्र पनि तय गर्दैछ ।’सही विवरण उपलब्ध गराएर राष