काठमाण्डाै – सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।
कोरोना सङ्क्रमण बढिरहेको भन्दै सभामुख सापकोटाले आज मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा सबै सांसदलाई मास्क लगाउन आग्रह गर्नुभएको हो ।
सभामुखले बैठकमा भन्नुभयो, ‘कोभिड–१९ को सङ्क्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरूलाई विदितै छ, तसर्थ संसदका बैठकहरूमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्दछु ।’