काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले सर्वाेच्च अदालतको फैसला स्वीकार्दै तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको छ ।
समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक ठहर गरेर पुनर्स्थापित गर्दै फैसला सुनाइएको १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन आदेश दिएको छ ।
यस्तै स्था...