प्लाष्टिक टनेल र तरकारीको बिऊ पाएपछि महिला उत्साहित

सोलुखुम्बु । बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल र विभिन्न तरकारीका बिऊ पाएपछि हाम्रो क्षेत्रका महिला तरकारी उत्पादनमा निकै उत्साहित देखिएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ८ केरुङ, बाघखोरकी कृषक दाली शेर्पाले महिलाहरु विभिन्न तरकारीको बिऊ पाउदाँ निकै उत्साहित भएको बताउनुभयो । यसले तरकारीमा आत्मनिर्भर बनाउनुका साथै आयआर्जनमा समेत सहयोग पुग्ने शेर्पाको भनाई छ । […]