नेकपा एमालेका नेता भीम रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले विना अनुमति नेपाली भूमिमा भारतीय हेलिकप्टर उडाइएको भन्दैआपत्ति जनाएका हुन् । रावलले नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको कुरा सरकारलाई थाहा छ कि छैन भन्दै प्रश्न समेत गरेका छन् । रावलले भनेका छन् : ‘दार्चुला जिल्लामा नेपालको हवाई क्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ