चलचित्र पत्रकारका लागि तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपाल बिहिबारबाट राजधानीमा तीन दिने (६, ७ र ८) फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित कार्यसालमा उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालसँगै विशिष्ठ अतिथिमा वरिष्ठ पत्रकार तथा सिनेमाकर्मी दिनेश डिसी र अतिथिमा कलाकार संघका अध्यक्ष र...

सम्बन्धित सामग्री

पत्रकारलाई भिडियो र फोटोग्राफी तालिम

जिल्लाका पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफीसम्बन्धी १० दिने आधारभूत तथा क्षमता विकास तालिम दिन थालिएको छ ।

सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ भएको उक्त तीन दिने प्रदर्शनी इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको थियो। प्रतियोगितामा फोटोग्राफी, क्विज, ट्रेजर हण्ट, पेपर ब्रिज कम्पिटिसन, पेपर प्रिजेन्टेसन, मिक्स डिजाइन कम्पिटिसन, सर्भेइङ च्याल...

कुनै बेला फाेटाेग्राफर थिए अर्थमन्त्री जनार्दन शर्मा ? (भिडियाेसहित)

माओवादी केन्द्रका उपमहासचिव शर्माले एसएलसीपछि १५ दिने फोटोग्राफी तालिम लिएर फोटो खिच्न थालेका थिए । तर, यो काम उनले धेरै लामो समय गरेनन्

महिला उद्यमशिलता विकासका लागि चेम्बरको अभिमुखीकरण

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सुरू गरेको छ ।उद्यमशिलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो । चेम्बरले पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा विधामा महिलालाई तालिम दिने छ ।तालिमको उद्घाटन गर्दै […]

भ्यालेन्टाइन्समा भिभोको ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’, मोबाइल किन्दा पनि छुट

प्रविधि ब्राण्ड भिभोले प्रेम, खुशी तथा सुन्दर सम्बन्धको उत्सव मनाउन भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत आफ्ना अमूल्य सम्झनाहरु दुनियाँसामु शेयर गर्ने अवसर प्रदान गरेको छ। भिभोले प्रयोगकर्ताहरुलाई आगामी फेब्रुअरी ६ मा शुरु हुने कन्टेस्टमा सहभागी हुन र फोटोग्राफीका पारखीहरुलाई विशेष लागेका कुराहरुको फोटो खिचेर आफ्ना सिर्जनात्मक प्रतिभा उजागर गर्न सबै सामाजिक सञ्जालमार्फत् प्रेरित गरिरहेको छ।  यतिमात्र नभई भिभोले आफ्ना उपभोक्ताका लागि भी तथा वाई सिरिजका स्मार्टफोनको खरिद गर्दा पाउनेगरी प्रचारात्मक अफर पनि सञ्चालन गरिरहेको छ।  भिभोटाइन फोटोग्राफी कन्टेस्ट प्रेमील व्यक्तिहरुसँगको उत्सव तथा मनका भावनाहरु सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि हो। यो अभियानले भिभो प्रयोगकर्ताका लागि फोटो खिचेर शेयर गर्दै आकर्षक पुरस्कार तथा नगद जित्ने ८ दिने उपभोक्तामुखी फोटोग्राफीको अवसर अगाडि सारेको छ।सबै सहभागीका तस्बिरहरु उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, शेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा प्रत्येकलाई ३० हजार रुपैयाँ बराबरको साउण्ड कोर रेभ पार्टी कास्ट स्पीकर प्रदान गर्नेगरी उत्कृष्ट ५ विजेताहरु चयन गर्नेछ।नायक, मोडल तथा चलचित्र निर्माता प्रदीप खड्काले भिभोको साथमा कम्पनीको फेसबुक पेजमा यो अभियानको अनावरण गर्नेछन् ।यो कन्टेस्टमा सहभागी हुन फोटोग्राफीका शौखिनहरुले परिवार, साथीभाई, घरपालुवा, स्थान, स्मारक तथा आफूलाई मन पर्ने कुनै पनि विधाको उत्कृष्ट फोटो खिचेर ह्याशट्याग (भिभोटाइनडे, भिभोमोमन्ट्स तथा भिभोनेपाल) लेख्नुपर्नेछ। भिभोले उपभोक्तालाई भिभो स्टोरहरुबाट भी सिरिजका स्मार्टफोन किन्दा २००० रुपैयाँको उत्साहजनक डिस्काउन्ट भाउचर उपलब्ध गराउनेछ जसलाई अर्कोपटक भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ। उक्त डिस्काउन्ट भाउचर आगामी फेब्रुअरी २८ सम्म मान्य हुनेछ। ५० जना भाग्यशाली विजेता८ले भिभोको टीडब्लूएस २ई इयरबड तथा ३०० भाग्यशाली विजेता८ले लक्की ड्रमार्फत् स्मार्टफोन माउन्टिङ जित्न सक्नेछन्। यो अफर ६ देखि १४ फेब्रुअरीसम्म भिभो स्टोरहरुबाट भिभो स्मार्टफोन खरिद गर्दा लागू हुनेछ।कन्टेस्ट घोषणाको पोस्टर फेब्रुअरी ६ मा भिभोको आधिकारिक सामाजिक सञ्जाल पेजहरु तथा व्यक्तिगत रुपमा भियो स्मार्टफोन यूजरहरुलाई शेयर गरिनेछ भने उनीहरुलाई फोटो खिचेर आफना फेसबुक टाइमलाइनमा भिभोको वाटरमार्क सहित क्लिक र शेयर गर्न साथै आफ्ना पोस्टका लिंक भिभोको आधिकारिक पेजमा रहेको कन्टेस्ट घोषणाको पोस्टरको मुनिपट्टिको कमेन्ट सेक्सनमा शेयर गर्न आग्रह गरिनेछ।सहभागीहरुले फोटोको व्याख्या तथा महत्वमा क्याप्शन पनि अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ भने आफ्ना पोस्टमा भिभो नेपाललाई पनि ट्याग गर्नुपर्नेछ। कन्टेस्टका लागि योग्य हुन सहभागीहरुले भिभो नेपाललाई फलो गर्नुपर्नेछ भने भिभोका वाई, भी तथा एस सिरिजका फोनहरुमात्र प्रयोग गर्नुपर्नेछ। यो घोषणाको नतिजा तथा विजेता फेब्रुअरी १५ मा सार्वजनिक गरिनेछ ।कन्टेस्टका बारेमा भिभो नेपालका ब्राण्ड म्यानेजर पियुष गिरीले भने,‘हामी सधैं सर्वोच्च उपभोक्ता अनुभवमा विश्वास गर्छौं। हामी भिभोमा प्राविधिक इनोभेसन, अत्याधुनिक डिजाइन, आकर्षक अफर तथा कन्टेस्टका माध्यमबाट हाम्रा प्रिय ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न लागिपरेका छौं।’ सहभागीहरुले फोटोग्राफी कन्टेस्टका लागि भिभोको वाई, भी तथा एस सिरिज८का फोनहरुमात्र प्रयोग गर्नुपर्नेछ। यो भ्यालेन्टाइन्स सप्ताहमा प्रेमको उत्सव मनाउन चाहने तर भिभोका यी फोनहरु नभएकाहरुले तुरुन्तै भिभोका स्टोरहरुमा गएर खरिद गरी  सिरिजका स्मार्टफोनको खरिदमा २००० रुपैयाँको निश्चित डिस्काउन्ट भाउचर तथा लक्की ड्र मार्फत् उत्साहजनक पुरस्कारहरु जित्न सक्नेछन्। यो भाउचर आगामी फेब्रुअरी २८ सम्म अर्को भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ।

घोडाघोडीको प्रचार प्रसारका लागि चरा फोटोग्राफी प्रतियोगिता सुरु

कैलाली । कैलालीको घोडाघोडी रामसार क्षेत्रको प्रचार प्रसारकालागि चरा फोटोग्राफी प्रतियोगिता सुरु भएको छ । वृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनामा बिहीबारबाट दुई दिने प्रतियोगिता सुरु भएको हो । बिहीबार र शुक्रवार नेपालका विभिन्न क्षेत्रबाट आएका फोटो पत्रकारहरूले यहाँ पाइने चराहरूको तस्बिर खिच्ने छन् । ती मध्येका तीन तस्बिरलाई पुरस्कृत गरिने वृहत् घोडाघोडी […]

फोटो खिचेरै १५ लाख कमाइ, प्रभावकारी बन्दै डिएसएलआर सेवा

चितवन । भरतपुरका कुँवर दाजुभाइले घरदैलोमै पुगेर फोटोग्राफी सेवा दिने व्यवसाय गरेका छन् । भरतपुर महानगर–७ प्रेमबस्तीका सन्तोष र सन्देश कुँवरले डिएसएलआर सेवा अनलाइन मोबाइल एप सार्वजनिक गरेर घरदैलो सेवा सुरु गरेका हुन् । २०७५ वैशाखमा नारायणी नदीकिनार घुम्न आउनेको फोटो खिचेर मनग्ये कमाएका यी दाजुभाइले एपमार्फत बुकिङ लिएर व्यक्तिगत तथा परिवारका फोटाहरु खिच्न थालेका […]

नाग थिममा फोटो सुट

आधुनिक हेयर डिजाइन र अनुहारको साज सज्जाको सेवा दिने राजधानीका सैलुन मध्येको उत्कृष्ट ब्रान्डका रूपमा स्थापित फेसन हाउसले नागपञ्चमीका अवसरमा नागपञ्चमी थिममा फोटो सुट गरेको छ। नागहरूको बस्ती रहेको विश्वास गरिने पोखरी टौदहलार्ई लोकेसन बनाएर गरिएको फोटो शुटमा सुशीला थापा मोडल रहेकी छिन् भने फोटोग्राफी फोटोग्राफर कुबेर डंगोलले गरेका छन् । नेपालका चाडपर्वको महत्व झल्काउन […]

३ दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न

चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको कार्यकक्षमा आयोजना भएको कार्यशालामा ४० बढी पत्रकारहरु सहभागी थिए । चलचित्र पत्रकार संद्ध नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा …

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

१२ माघ, काठमाडौं । 'राष्ट्रका लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ' भन्ने नाराका साथ माघ १० गतेबाट सुरु भएको तीन दिने एघारौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा फोटोग्राफी, क्विज, टे्रजर …