सन् १९३८ काे विश्वकपदेखि भिड्दै आएका पाेर्चुगल र स्वीजरल्याण्ड

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा प्रि-क्वार्टर फाइनलको अन्तिम खेलमा पोर्चुगल र स्विट्जरल्याण्ड भिड्दै छन्। दुई चिर परिचित प्रतिद्वन्द्वी क्वार्टर फाइनल प्रवेशका लागि मंगलबार राति भिड्न लागेका हुन्।पोर्चुगल र स्विट्जरल्याण्ड पहिलोपटक सन् १९३८ को विश्वकपमा भेट भएका थिए। जुन खेलमा पोर्चुगल २-१ गोल अन्तरले पराजित भएको थियो।त्यसपछि अहिलेसम्म दुई टोली २६ पटक आमुन्ने सामुन्ने भइसकेका छन्। जसमा स्विट्जरल्याण्डले ११ पटक जितेको छ भने पोर्चुगलले ९ पटक मात्र जित निकालेको छ। ६ खेल बराबरीमा रोकिएका छन्।