काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार रहेको बताएका छन् । उनले संविधानको व्यवस्थाबमोजिम नै चुनावको मिति तोक्नेबारे छलफल भइरहेको बताए । निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले गठबन्धनको शक्तिसँग डराएका दक्षिणपन्थी शक्तिहरू भने चुनावसँग आत्तिएर भ्रम छर्न थालेका आरोप लगाए […]