कुखुरा व्यवसायमा धुलो दूधको बजारकाे संभावना बारे अध्ययन हुँदै

कृषि तथा पशुपन्छी विकास मन्त्रालय कोभिड–१९ का कारण खपत नभएको दूधबाट बनेको धुलो दूध (एसएमपी)को बजार खोज्दै पोल्ट्री क्षेत्रसम्म पुगेको छ । कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले शनिबार पोल्ट्री क्षेत्रमा आबद्ध उद्योगी तथा किसानसँग छलफल गरेको र एसएमपी खरिदका लागि आग्रह गरेको छ ।