काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्। मन्त्री कार्की सम्मेलनमा भाग लिएर शनिबार अपराह्न स्वदेश फर्किएका हुन्। स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले विभिन्न कठिनाइकाबीच सन् २०२५ सम्म दूरसञ्चार सबै नेपालीको पहुँचमा पुर्याउनु […]