ओली सरकारले त जाबो दल फुटाउने अध्यादेश पनि ल्याउन सकेन । अरुको दल फुटाएर आफ्नो बल पुर्याउने झिँगे दाउ हान्न नसकेर ओलीले अध्यादेश फिर्ता गरे । दल फोर्ने अध्यादेश छाडेर संविधानका धाराको पानी धमिल्याउने बाटो लागे । सामान्य विरोध र आक्रोशलाई थाम्न नसकेर प्रतिगामी कहलिएको ओली सरकारले गर्न नसकेको यति झिनो कार्य अग्रगामी कहलिएको देउवा सरकारले क्षणभरमै गरेर देखाइदियो । संसदले गर्ने काम रोक्न ओलीले मध्यरातमा अघि सर्थे । देउवाले त्यस्तो काम दिउँसै रात पारेर गरिदिए । संसदको बाटो भन्दा अध्यादेशकै बाटो ठिक हो भन्ने ओलीटिक्सलाई ...