खानेपानी आयोजना निर्माणमा ढिलाइ

तानसेन लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ । पहिलो चरणमा निर्माण गरिएको इनारबाट पानी पम्पिङ हुन नसकेपछि दोस्रो चरणको कामले गति लिन नसकेको हो । पहिलो चरणअन्तर्गतको तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट लिफ्टिङ गरेर प्रतिसेकेन्ड ३६ लिटर पानी झार्ने योजना थियो तर पहिलो चरणमा निर्माण गरेको इनारबाट ‘स्टिमेट’ गरेअनुसारको पानी पम्प हुन नसकेपछि दोस्रो आयोजना अगाडि बढ्न सकेको छैन । तानसेनवासीको कालीगण्डकीको पानी पिउने सपना तत्का

सम्बन्धित सामग्री

राप्ती खानेपानी आयोजनाको निर्माणमा ढिलाइ

नेपालगन्जवासीलाई सहज र सरल रूपमा खानेपानी उपलब्ध गराएर खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपालगन्जको राप्ती खानेपानी आयोजना निर्माणमा ढिलाइ

नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको समस्या दिगो रुपमा समाधान गर्न भन्दै ५ वर्षदेखि राप्ती खानेपानी आयोजना सञ्चालित छ । राप्ती नदीबाट प्रतिदिन २ करोड ५० लाख लिटर पानी नेपालगन्ज सहरमा ल्याएर खानेपानी समस्या समाधान गर्ने योजनाअघि बढाइए पनि आयोजना निर्माण कार्यमा ढिलाइ भएको छ ।२ वर्षभित्र सम्पन्न हुने गरी आर्थिक वर्ष २०७३/०७४ सालदेखि सुरु भएको आयोजना पाइप […]

सहरी खानेपानी आयोजना निर्माणमा ढिलाइ

बझाङ, १४ भदौ: जयपृथ्वी नगरपालिका भोपुरका महादेव जोशीले चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खानेपानीका लागि पैसा तिरेको तीन वर्ष हुन थाल्यो । उनले भने, “मसँग पैसा थिएन । छोरीले बुझेको तलबबाट भए पनि धारा जडानका लागि रु १० हजार तिरे । अहिलेसम्म धारामा पानी आएको छैन् । कहिले आउँछ थाहा छैन ।” त्यस्तै जयपृथ्वी […]

जिम्मेवार निकायकै कमजोरीले निर्माण ढिलाइ

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारतसँगको सोझो ‘लिंक’ रोडको रूपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा जिम्मेवार निकायकै कमजोरीले निर्माणमा ढिलाइ भएको छ। विद्युत्, खानेपानी आयोजना, स्थानीय तह र ठेकेदार कम्पनीको कमजोरीले गर्दा काममा ढिलाइ भएको हो।

बृहत् चिमखोला–भगवती–पिप्ले खानेपानी आयोजना सुस्तायो

म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका जनतालाई लक्षित गरेर सुरु गरिएको बृहत् चिमखोला–भगवती–पिप्ले खानेपानी आयोजना सुस्ताएको छ । संघीय संरचनामा सो योजनालाई कुन सरकार मातहत सञ्चालन गर्ने भन्ने कुरामा अलमल हुँदा जिल्लामा गौरवको आयोजनामा पूर्वाधार निर्माणमा ढिलाइ भएको हो ।

महावु खानेपानी आयोजना निर्माणमा ढिलाइ

महावु गाउँपालिकाका एक हजार नौ सय २९ घर परिवारलाई खानेपानी खुवाउने उद्देश्यले सुरु गरिएको महावु बृहद खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ ।